शिशिर सिंखडा, चितवन । हिजो रातीदेखि आएको अबिरल बर्षा पछीको बाढी र पहिरोले कालिका-१० को तीनदोभान बजार तहस नहस भएको छ । सो बजारको १ दर्जन भन्दा बढी घर पुर्ण रूपमा क्षती भएको छ भने १५ भन्दा बढी घर आंशिक क्षती भएको छ ।
बजारका पसल तथा घरहरुमामाथि पट्टीबाट आएको पहिरोले पुरिएको कालिका-१० का वडा अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । सो बजारको तल्लो भागमा कयरखोलाको बाढीले केहि घर कटान गरि बगाएको समेत गुरुङले जानकारी दिए । सो वडा कै  छेरबाङको १८ वटा घर पनि पुर्ण रूपमा क्षती भएको र ४६ वटा घरमा आंशिक क्षती भएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
कालिका-११ को रन्तेस, हाईलिङ लाईन लगायतको क्षेत्रमा पनि बाढी र पहिरोले दर्जनौ घरमा क्षती भएको गुरुङले जानकारी दिए । सो गाउँ हरुमा बाढीले जान आउन समस्या भएको र टेलिफोन सम्पर्क पनि बिच्छेद भएकोले क्षतिको एकिन विवरण आउन सकेको छैन । कयर खोलामा आएको बाढीको कारण शक्तिखोरबाट सिद्धि सम्म जाने सडक यातायातको सम्बन्ध पनि टुटेको छ ।
कयरखोलाको बाढीले कालिका १० शक्तिखोरको क्रसर उद्योग र कुखुरा फर्ममा पनि ठुलो क्षती पुगेको छ । त्यसैगरी तिनदोभानमा रहेको स्वास्थ केन्द्रको बर्थिङ सेन्टरमा पनि क्षेती पुगेको वडा अध्यक्ष गुरुङले बताए । 

प्रतिक्रिया दिनुहोस !