काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार पुगेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएसँगै आज पहिलोपटक केन्द्रीय कमिटी बैठक आयोजना गरिएको छ । सोही बैठकमा भाग लिन गौतम बालुवाटार पुगेका हुन् ।

यद्यपि, माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिका लागि छलफल गर्न माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !