चितवन । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रक माथि नै पहिरो खसेको छ । उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो ।
पहिरोमा नारायणढबाट मुग्लिनतर्फ सामान बोकेर आउदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोमा ग २ च ४०२९ नं. को एउटा स्कोरपियो गाडी पनि फसेको छ । पहिरोले अर्को एउटा यात्रुबाहक बसमा समेत सामान्य क्षति पु¥याएको छ । उक्त राजमार्ग अहिले पूर्ण रुपमा दुईतर्फी नै बन्द रहेको छ ।


पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानै देखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ ।
बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले मुग्लिन–नारायणगढ सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !