शिशिर सिंखडा, चितवन । हिजो देखिको अविरल बर्षा पछी आएको बाढीले पुलहरु बगाउनुका साथै सयौ बस्तीहरु डुबानमा परेका छन । पुर्बी चितवनको कयर खोलामा आएको बाढीले  कालिका वडा न.८ कालिका मन्दिर नजिकै रहेको कयर  खोलामा बनाईएको पक्की पुलको पश्चिमी भागको जमिन बगाउदा सो क्षेत्रको आगमन अबरुद्ध भएको छ । खोलाले पुलको सो जमिन बगाँउदा  न्युरेनी, देवीटार, अजिङ्गरे गाउँ जाने बाटो बिच्छेद भएको छ ।

सो बाढीले पुल नजिकैका केहि घरमा पनि क्षेति पुर्याउन सक्ने भएकाले उनिहरुको सामानहरु सुरिक्षित स्थानमा सारिएको स्थानिय बिरेन्द्र अधिकारीले जानकारी दिनु भयो । त्यस्तै खैरहनी त राप्ती नगरपालिकाको सिमानामा रहेको लदरी खोलाको बाढीले धुसरी पुल बगाउँदा पुर्व- पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

अविरल बर्षा पछी पुर्वी चितवनको कालिका नगरपालिकाको खोलेसिमल, कमलचोक, क्लबचोक, लाहुरेचोक, शुन्दरबस्ती, पदमपुर क्षेत्र डुबानमा परेका छन । त्यस्तै रत्ननगर नगरपालिकाको सुन्दरबस्ती, जिरौना, बाघमारा, रमाइलो बस्ती, मैनाहा, मालपुर, सौराहाको केहि भाग, बेल्छि, राप्ती नगरपालिका र खैरहनी नगरपालिकाको राजमार्ग क्षेत्र र ग्रामीण क्षेत्र पनि डुबानमा परेका छ्न । त्यसैगरी भरतपुर महानगरको तरकारी मन्डी क्षेत्र र विभिन्न गाउँ र चितवनको सयौं बस्ती डुबानमा पनि डुबानमा परेका छन ।

प्रतिक्रिया दिनुहोस !