शिशिर सिंखडा, चितवन । पुर्बी चितवनको कालिका वडा न.८ कालिका मन्दिर नजिकै रहेको कयर  खोलाको पक्की पुलको पश्चिमी भागको जमिन बगाउदा सो क्षेत्रको आगमन अबरुद्ध भएको छ । हिजो देखिको अविरल बर्षा पछी आएको बाढीले  सो खोलाको पुलको सो जमिन बगाँउदा  न्युरेनी, देवीटार, अजिङ्गरे गाउँ जाने बाटो बिच्छेद भएको छ ।
सो बाढीले पुल नजिकैका केहि घरमा पनि क्षेति पुर्याउन सक्ने भएकाले उनिहरुको सामानहरु सुरिक्षित स्थानमा सारिएको स्थानिय बिरेन्द्र अधिकारीले जानकारी दिनु भयो ।  https://m.facebook.com/story.php?story_fbid=5796800140393106&id=100001895320281

प्रतिक्रिया दिनुहोस !