काठमाडौँ । नेकपा एमालेको मधावकुमार नेपाल समूहले आफू निकटका स्थायी कमिटी सदस्यको बैठक बोलाएको छ । संस्थापन पक्षको निर्णयपछि नेता नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो । बिहीबारका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । ​ ‘आजको निर्णयपछि भोलिका लागि हाम्रो बैठक बोलाएको छ। आवश्यक छलफल गरेर निर्णय लिन्छौं,’ उहाँले भन्नुभयो ।

१८ गते बोलाइएको बैठकमा अहिलेकै अवस्था जान नसकिने उहाँको भनाइ छ । यद्यपि, संस्थापन पक्षको निर्णयपछि दोस्रो तहको नेताहरूको विभिन्न कोणबाट छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !