काठमाडाैँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । याे सँगै अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकाे नामबाटै सञ्चालन हुने भएका छन् ।

बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको जानकारी दिनुभयाे ।

प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको बताउनुभयाे । नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादीतर्फ नलागी एमालेमा समाहित हुनुभएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बन्नुभएकाे छ । बैठकले यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस !