काठमाडौँ । नेकपा एमालेको जेठ २ को अवस्थामा फर्किने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।

जेठ २ मा फर्किएसँगै नेकपा एमालेको २४१ जना सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !