चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य स्वीकार्य नभएको बताएको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले मंगलबार एक विज्ञप्ती जारी गरी पत्रकारको सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण बनाउन माग गरेका हुन् ।

भरतपुर महानगरपालिकाको असार १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित नगरसभामा समाचार संकलन गर्न पुगेका चितवन पोष्टकर्मी कुल प्रसाद काफ्लेलाई महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले प्रवेशमा रोक लगाएका थिए ।

संवाददाता काफ्लेलाई रोक लगाएपछि चितवन पोष्ट दैनिकले सोहि दिन महासंघको गम्भिर ध्यानाकर्षण गराएको थियो । उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण पुगेको महासंघले बताएको छ । पत्रकारिताको मर्म र भावना विरुद्ध हुने जुनसुकै कार्यको पनि महासंघले विरोध गर्ने विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !