चितवन । चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज मृत्यु भएको दुई जना मध्ये एक जना चितवनका र अर्का एक जना चितवन बाहिरका हुन् । भरतपुर अस्पतालमा १ जना र अन्य अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको हो ।

त्यस्तै विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालमा २३३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९५ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा २४ जना र जेनरल बेडमा ११४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !