शिशिर सिंखडा, चितवन । ७०औँ मदन जयन्तीको अवसरमा आज कालिका नगरपालिका वडा नं. ३ को मदन स्मृति वाचनालय परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । सो अवसरमा वाचनालय परिसरमा एभोगार्डोको बिरूवाहरू रोपिनुका साथै सरसफाई समेत गरिएको थियो ।

नेकपा (एमाले) बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती प्रदेश मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जे.एन. थपलिया सो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व लेखा आयोगका अध्यक्ष कमलराज पाठक, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा कालिका नगर इञ्चार्ज टिकाराज रिजाल, नेकपा (एमाले) कालिका नगर अध्यक्ष केशव लामा, मदन भण्डारी फाउण्डेशनका जिल्ला सदस्य किशोर बाबु पुरी, युवा संघ केन्द्रीय सदस्य लक्ष्मण पौडेल, युवा नेता हिम्मत पुरी, प्रकाश कालाखेती लगायतको उपस्थिति रहेको थियो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगर कमिटीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता कमिटीका उपाध्यक्ष लोकराज चालिसेले गरेका थिए । कार्यक्रममा युवा संघ जिल्ला उपाध्यक्ष शिलामाया बस्नेतले सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा युवा संघ कालिका नगर इञ्चार्ज अमृत घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !