
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।
कोरोनाको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
निषेधाज्ञाका बारेमा निर्णय गर्न आइतबार दिउँसो चार बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।
निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।