काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते बिहीबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही बमोजिम असार १७ गते बिहीबारका दिन १६ः०० बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

प्रतिक्रिया दिनुहोस !