काठमाडौँ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकार सविन आचार्यको उपचारका लागि रु २५ हजार सहयोग गरेका छ । एपेन्डिक्सको बिरामी पर्नुभएका उपत्यका समन्वय समिति लाजिम्पाटका सदस्य आचार्यलाई प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष बिजीले कलाकार कल्याणकारी कोषबाट रकम उपलब्ध गराएको बताउनुभयो । प्रतिष्ठानले बिरामी परेका कलाकारको उपचारमा सहयोग गर्नुका साथै अन्य समस्यामा परेका कलाकारलाई पनि सहयोग गर्दै आएको छ । प्रतिष्ठानले लकडाउनका कारण मारमा परेका ७०० कलाकारलाई करिब रु १५ लाखको खाद्यान्न वितरण गरिसकेको छ । राहत सङ्कलनलाई जारी राखेकाले कुनै पनि कलाकार भोकै बस्नुपर्ने स्थिति नरहेको अध्यक्ष बिजीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !