शिशिर सिंखडा, चितवन । पूर्वी चितवनको विपन्न वस्तीहरूमा खाद्यान्न र नगद सहयोग गरिएको छ । कोरोना कहरका कारण छाँक टार्न समस्यामा परेका एकल महिला, सुत्केरी महिला, वृद्धवृद्धा, अपाङ्ग, रिक्सा चालक र विपन्न घरपरिवारका  गरि कुल ७ सय ७७ घर परिवारलाई एक बोरा चामल (जिरा मसिनो), दाल ४ किलो र क्वाटी ३ किलो सहित नगद रू. ५ सय सहयोग गरिएको हो ।

पूर्वी चितवनको कालिका ६ खोलेसिमल र रत्ननगर १५ माधवपुर बुढिकुलो छेउका घर परिवार, कालिका ६ कै गुराउचौरका  र कालिका ६ कै कमलचोक नगरपालिका भवन अगाडिका  गरि कुल ७९ परिवारलाई पहिलो दिन गत जेष्ठ २९ गते शनिबार सो सहयोग उपलब्ध गराइएको थियो । अ ड्रप अफ लाईभ हङ्गकङ्गको आयोजना तथा कम्युनिटी रिसोर्स सेन्टर (सिआरसी नेपाल) को समन्वय र नेवाज मल्टिपरपोज सोसाइटीको सहयोगमा सो कार्यक्रम भएको थियो ।

सस्थाले गत जेष्ठ २९ गतेदेखि लगातार बिपन्न बस्ती हरुमा सहयोग उपलब्ध गराउदै आएको नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठले कालिका दैनिक अनलाइनलाई जानकारी दिनु भयो ।

संस्थाले अशक्त एवम् वृद्धवृद्धा हरूलाई घरमा नै लगेर सो सहयोग सामग्री उपलब्ध गराएको थियो । सिआरसी नेपालका संस्थापक अध्यक्ष डा. विश्व पौडेलको विशेष पहलमा सो सहयोग उपलब्ध गराइएको थियो । हाल सो संस्थाका अध्यक्ष सुवास बराल रहनु भएको छ ।
सस्थाले रत्ननगर-३, शान्तिचोक, बेल्सी र बन्सी क्षेत्रका १ सय २० घर सोही वडाको शहिद स्मृति कलेज अगाडीका २० घर बिपन्न मुस्लिम समुदाय तथा रत्ननगरकै वडा नं. ९ को टिकौली पुल नजिकैका २१ बिपन्न घर परिवारलाई पनि नगर तथा खाद्यान्न सहयोग गरिएको थियो ।
त्यस्तै रत्ननगर-४,७ र ८ को देबौली, चित्रसारी, गोठौली क्षेत्रका १ सय घर परिवार, वडा नं. १ सौराहाचोक फिल्महल पछाडिका २५ परिवार, ३ नं. वडाको हाजीपुर, बन्सी, शान्तिचोकको माथिल्लो भागका ८० परिवार, वडा नं. ८ को लालपर्सा, रमाइलो डाँडाका २८ घर, रत्ननगरकै वडा नं. ५ र १६ को झुवानी तथा रायमाझी टोलका २० बिपन्न घरपरिवारलाई पनि सो सहयोग गरिएको हो ।
त्यस्तैगरि वडा नं.२ को मेनरोड टाडी र १० नं. वडाको भानुचोक, घेघौली क्षेत्रका १ सय ४० परिवार,  रत्ननगर- ७, सिसुवार मुसहर बस्तीका ५० परिवार, रत्ननगर- १३, भाङघारीका ४१ बिपन्न परिवारलाई पनि सो सहयोग गरिएको थियो । साथै आज रत्ननगर-१४, गैरीबारी क्षेत्रका ५३ बिपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग गरिएको नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठले कालिका दैनिक अनलाइनलाई जानकारी दिनु भयो । आजको सो कार्यक्रममा रोटरी क्लब अफ क्वाई चुङको पनि सहयोग रहेको श्रेष्ठले जानकारी दिनु भयो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँले सो कार्यक्रमहरुको संयोजकत्व गर्नु भएको थियो ।
कार्यक्रममा सिआरसी नेपालका सोहेन्द्र राज खरेल, मणिराज चौधरी, चित्रराम चौधरी, शर्मिला श्रेष्ठ, सिर्जना श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै गरी नेवाज मल्टिपरपोज सोसाइटीका रविन जोशी, दिनोज श्रेष्ठ, सुरेन्द्र मानन्धर, दिलप श्रेष्ठ, गोविन्द श्रेष्ठ, कृस श्रेष्ठ, डिआइ श्रेष्ठ, हेमराज वाडे श्रेष्ठ, निविस श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सुमित श्रेष्ठ, रोमस श्रेष्ठ, रसिक श्रेष्ठ, रविन्द्र श्रेष्ठ, राजेन्द्र श्रेष्ठ  पुर्ब राष्ट्रिय फुटबल खेलाडी सुर्यमान श्रेष्ठ (कालू दाइ) लगायतको उपस्थिति रहेको थियो । उहाँहरूले खाद्यान्न वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

साथै सो सस्थाले सोही प्रकारको सहयोग र कोरोना सङ्क्रमणका कारण मृत्यु भएका यसै क्षेत्रका विपन्न परिवार हरुलाई पनि खाद्यान्न र नगद सहयोग गर्ने कार्यक्रम रहेको सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !