शिशिर सिंखडा, चितवन । कालिका-८, अजिङ्गरेकी ६७ बर्षिया न्याउरी चेपाङले बिहान बेलुकी छाक टार्न खाद्यान्न नभए पछि टाँकी घाँस खान बाध्य भएको र बस्ने घर समेत नभई थाकलले छाई, अमृसोले बारेर बस्न बाध्य भएको समाचार प्रकाशित भएपछि उनलाई सहयोग प्राप्त भएको छ । फेस नेपाल, चितवनले  अति बिपन्न न्याउरी चेपाङलाई १ बोरा चामल, तेल, आलु, दाल, नुन, साबुन सहयोग गरेको हो ।
कालिका दैनिक अनलाइनमा “नागरिकता न एकल महिला भत्ता: हिजो भोकै, बिहान फुको चिउरा, बेलुकाको खाना टाँकी घाँस- न्याउरी चेपाङको कथा” शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
नागरिकता न एकल महिला भत्ता: हिजो भोकै, बिहान फुको चिउरा, बेलुकाको खाना टाँकी घाँस- न्याउरी चेपाङको कथा
साथै सो सस्थाले उनको घर बनाईदिन पनि चासो देखाएको छ । सो सस्थाका ब्यबस्थापक श्रीराम देवकोटाले उनको घर बनाउन लाग्ने खर्चको ईष्टमेट तयार गरि घर बनाईदिने योजना गर्न लागेको कालिका दैनिकलाई जानकारी दिनु भयो । सो खाद्यान्न फेस नेपालका अध्यक्ष तथा कालिका-१ स्थित आधारभुत बिधालय, समिपुरका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सोमबहादुर खड्का र बिधालय कै शिक्षिकाहरुले न्याउरी चेपाङको घरमा पुगि हस्तान्तरण गरेका थिए ।
सानो झुपडीमा न्याउरी चेपाङ बस्दै आएकी छिन । उनले पालेको बाख्रा पनि सोही झुपडीमा छन । न्याउरी चेपाङ ती बाख्राहरुको छेउमा काठको टाडमा सुत्दै आएकि छिन ।
सो फेस नेपाल सस्थाले यस अगाडि गैंडाकोटको ढोडेनी स्थित श्रीकृष्ण गण्डकी माबीका ११ जना छात्रछात्रालाई ४ बर्षदेखि छात्रवृत्ति दिदै आएको र कोरोना कहरले खाद्यान्नको समस्या भएकोले ती ११ जना विद्यार्थीको परिवारलाई पनि खाद्यान्न सहयोग गरेको थियो । सो परिवारलाई १ बोरा चामल, तेल, आलु, दाल, नुन, साबुन सामाग्रीहरु सहयोग गरेको हो । त्यस्तै जनक माबी प्राबी ब्लक गैंडाकोटका ८ जना विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको र कोरोना कहरले खाद्यान्नको समस्या भएकोले उनीहरुको परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको थियो ।
सिद्धि जनकल्याण प्राबी गणेशस्थान, भरतपुरका १० जना विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको र कोरोना कहरले खाद्यान्नको समस्या भएकोले उनीहरुको परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको थियो । त्यस्तै भरतपुर १३ गंगानगरमा पनि सस्थाले २१ जना विद्यार्थी हरुलाई  छात्रवृत्ति दिदै आएको र कोरोना कहरमा खाद्यान्नको समस्या भएकोले उनीहरुको परिवारलाई पनि खाद्यान्न सहयोग गरेको सस्थाका ब्यबस्थापक श्रीराम देवकोटाले जानकारी दिनु भयो ।
त्यस्तै श्री आधारभूत बिधालय भरतपुर -१४, सुन्दरबस्तीका ११ जना विद्यार्थीलाई छात्रवृत्ति र खाद्यान्न तथा कालिका-१ स्थित आधारभुत बिधालय, समिपुरमा पनि १८ जना विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको र १० जना विद्यार्थीका परिवारलाई खाद्यान्न उपलब्ध गराईएको छ । साथै कालिका-१ कै एक जना बिपन्न बृद्धको परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको फेस नेपाल सस्थाका ब्यबस्थापक देवकोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !