झिमरुक । प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत हुनुभएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !