चितवन । कोरोना कहरका कारण समस्यामा परेका कालिका-१०, कोसारा गाउँका ३६ घर बिपन्न जनजाति तथा चेपाङ परिवारलाई ग्रिन सोसाइटी, सौराहाद्वारा आज खाद्यान्न बितरण गरिएको छ । अफ्रिका लुज दिइचल्यान्ड सस्थाको सहयोग र ग्रिन सोसाइटीको समन्वयमा प्रत्येक परिवारलाई १ बोरा चामल, तेल, सोयाबिन लगायतका सामाग्रीहरु सहयोग गरिएको हो ।
सो अबसरमा ग्रिन सोसाइटी, सौराहाका महासचिव श्रीलाल परियार, सदस्य शुशिला चौधरी, पत्रकार तथा चेपाङ अभियान्ता केपी किरण शर्मा लगायतको उपस्थिति रहेको थियो । कोरोना भाईरसका कारण ज्याला मजदुरी गर्न काममा जान नपाएका सो समुदायमा बिहान बेलुकी खाना खान समेत समस्या भोग्दै आएका छन । अधिकांस चेपाङ परिवारको खेतीबाट ३देखि ६ महिना मात्र खान पुग्दछ ।
सो सस्थाले केहि दिन अगाडी कालिका- १० कै छेरबाङका १ सय ३० घर, बन्दिपुरे टोलका ३० घर र राप्ती -१०, किरणटारका ५० घर चेपाङ परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको थियो । साथै भोलि सोमबार मकवानपुरको राक्सिराङ-६, सिलिङे क्षेत्रका ४ सय ५० बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिने योजना रहेको   ग्रिन सोसाइटीका महासचिव श्रीलाल परियारले जानकारी दिनु भयो ।
अफ्रिका लुज दिइचल्यान्ड नामक सो सस्थाले युरोपमा आँखा उपचारमा निकै ख्याती कमाएको छ । नेपालमा आर्थिक अबस्था निकै कमजोर भएका सोमबारदेखि  समुदायमा भोकमारी भएको थाहापाई सो सस्थाले केहि मात्रामा भएपनि सहयोग गरेको ग्रिन सोसाइटीका महासचिव श्रीलाल परियारले कालिका दैनिकलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !