तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका २५ परिवारलाई रेडियो वितरण गरिएको छ ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले सूचनाको पहुँचबाट कोही वञ्चित नहोस् भनेर रेडियो वितरण गरिएको बताउनुभयो ।
देवघाट गाउँपालिका–५ रातेमाटेका २५ घरपरिवारलाई करिब १५ हजार बराबरको रेडियो वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
रेडियो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले देश विदेशमा भएका घटनाक्रम, गाउँपालिकाले गरेका गतिविधि थाहा पाउन रेडियो सुन्ने बानीको विकास गराउन रेडियो वितरण गरिएको जानकारी दिनुभयो ।