काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीयो)को आज बैठक बस्दैछ ।

ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाका अनुसार अपरान्ह ४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्न लागेको छ ।

बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए ।

हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ । निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् ।

जोर–बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !