काठमाडौं । कोरोना संक्रमणबाट आज थप ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजा ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २४०१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ ।

आज ३६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !