काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचन लड्ने भएका छन् ।

आज शनिबार आफूनिकट केन्द्रीय सदस्यहरूबीचको छलफलमा उनले यस्तो संकेत दिएका हुन् । हिजो मात्रै कांग्रेसले आगामी भदौ १६ गचेदेखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।

त्यसलगत्तै देउवाले आफू सभापतिमा दोहोरिने बताएका हुन् । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गरेका छन् । सोही छलफलमा आफू सभापतिमा पुनः नदोहोरिनपर्ने केही नभएको भन्दै यस्तो बताएका हुन् ।

आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको, तीन तहको निर्वाचन गराएको, सीट कम जिते पनि प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएकोलगायत दृष्टान्त पेश गर्दै पार्टी र देशका लागि अझै आफ्नो खाँचो रहेको उनले बताएका छन् । आफू पुनः सभापति निर्वाचित भएपछि पार्टीलाई देशकै एक नम्बर पार्टी बनाउने अठोट देउवाले छलफलमा गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस !