रसुवा । चीन सँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पहिरोका कारण अबरुद्घ भएको छ । पासाङ ल्हामु मार्गको धुन्चे देखि स्याफ्रुबेसी तथा रसुवागढी सम्म आधा दर्जन स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

धुन्चे–स्याफ्रु सडक खण्ड अन्तर्गत अबरुद्घ सडक हिजो साँझ यातायात सञ्चालनमा ल्याई सकिएको छ भने त्रिशूली खोला र लिङलिङ चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको ठाँउमा पहिरो पन्छाउने काम आज बिहानै बाट सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाउको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा झरेको पहिरामा ठुला चटान भएकाले पन्छाउने काम जारी भए पनि अझै सकिएको छैन । यसैगरि कतिपय स्थानहरुमा भोटे कोशीको कटानका कारण सडकको जग नै बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डे बताउनुभयो ।

अबरुद्ध सडक खुलाउने प्रयास जारी रहेकाले आज साँझ सम्ममा यातायात सञ्चालन हुने बताइएको छ । सडक अवरुद्ध हुँदा भन्सार जाँचपास भएका मालबाहक कन्टेनर रोकिएर बसेका छन् ।

यसैबीच चार दिन देखि सो क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित भएकोमा हिजो साँझ विद्युत्, टेलिफोन र इन्टरनेट सेवा सञ्चालनमा आउको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !