चितवन । नेकपा एमाले कालिका नगर कमिटीको आयोजनामा आज रत्ननगरको माधवपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमालेका संगठित सदस्यहरु ठाकुरप्रसाद अधिकारी, कृष्णप्रसाद, बुद्धिप्रसाद, रामहरि अधिकारीको ममतामयी आमा  टिकादेवी अधिकारीको असामयिक निधनको ९औं दिनको पुण्य तिथिमा उहाँकै निवास रत्ननगर- १५, माधवपुरमा सो सभा गरिएको हो ।
नेकपा एमाले कालिकाका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिव प्रकाश खनाल ‘शैलेस’, कालिका नगर सचिव शुदर्शन अधिकारी लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरि नेकपा एमाले रत्ननगर वडा नं.१५ वडा कमिटीको आयोजनामा पनि श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो ।
वडा कमिटी अध्यक्ष आसिक तामाङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा चितवन सह इन्चार्ज  कपिल पोखरेल, जिल्ला सचिब प्रकाश खनाल, जिल्ला सदस्य तथा कार्यालय सचिब  चन्दकान्त न्यौपाने, प्रदेश बिभाग सदस्य प्रेम दुवाडी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम  सञ्चालन वडा सचिब  कृष्ण पन्तले गर्नु भएको थियो । 
त्यस्तै सौजन्य बचत तथा ऋण सहकारी सस्था लि. रत्ननगर-१० को आयोजनामा पनि आजनै श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सस्थाका शेयर सदस्य बुद्धिप्रसाद अधिकारीको ममतामयी माता  टीका देवी अधिकारीको असामयिक निधनको सो श्रद्धाञ्जली सभामा सहकारीका अध्यक्ष धर्मध्वज लम्साल, उपाध्यक्ष महादेव प्रसाद हुमागाई, ब्यबस्थापक श्यामन्तकमणी लामिछाने, शिक्षा समिति संयोजक सिपि अधिकारी लगायतको उपस्थिति रहेकोे थियो । 

प्रतिक्रिया दिनुहोस !