काठमाडौं ।​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार ६सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ७ हजार ७ सय ११ पीसीआर र ४ हजार ७ सय ७३ एन्टिजेन गरि कुल १२ हजार ४८४ जनाको परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप २ हजार १४१ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ६१ हजार ७२५ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३९ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ८ हजार ५९७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस !