काठमाडौ । विदेशमा रहेका गोरखाबासीहरुको संस्था ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’ अभियान अन्तर्गत पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल आईपुगेको छ ।

गोरखा स्थायी घर भई विश्वका बिभिन्न मुलुकमा पेसा ब्यबसाय गरिरहेका गोरखालीहरुको संस्था ग्लोबल गोरखा समाजले सहयोग संकलन गरि उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका हुन । ४० थान १० लिटरका अक्सिजन कन्सनट्रेटर बुधबार नेपाल आईपुगेको छ । त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा रहेको भन्सार कार्यालयबाट आबश्यक प्रक्रिया पुरा गरि प्राप्त गरेकोे ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिएका छन चीनबाट खरिद गरि पठाइएका ती अक्सिजन कन्सनट्रेटर बुधबार ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी र समाजका नेपाल प्रमुख विनोद पोखरेलले संयुक्तरुपमा बुझेका हुन ।

अध्यक्ष अधिकारीले प्राप्त भएका अक्सिजन कन्सनट्रेटर गोरखाका बिभिन्न अस्पताल तथा आइसोलेसनलाई उपलब्ध गराउने जानकारी दिए । ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले चीनबाट खदिर गरि उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएको बताए । नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालमा मृत्यवुरमा गरिरहेको घटनाले दुखी बनाएपछि अभियान सञ्चालन गरि रकम संकलन गरेर अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको ढकालले बताए ।

ग्लोबल गोरखा समाजले कम्तिमा १ स्वास्थ्य चौकीमा १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्रमा २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटलमा ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान ’अभियान सञ्चालन गरिरहेको छ समाजका कोषाध्ययक्ष तथा कालिका दैनिकका निर्देशक आकाश बन्जाराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !