काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट मुलुकमा २ हजार ८ सय २८ जना संक्रमित थपिएका छन् । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

 

८ हजार ६ सय ८७ वटा नमुना पीसीआर परीक्षण र ४ हजार ३ सय ३५ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल पीसीआर परीक्षणमध्ये संक्रमित दर १९ प्रतिशत पुगेको छ ।

बुधबार ५२ जनाको कोरोनाबाट कारण ज्यान गएको छ । कूल मृतक संख्या ८५५८ पुगेको छ ।  ३ हजार ८२ जना निको भएका छन् । निको हुने प्रतिशत ८८.४९ छ ।

पीसीआर परीक्षणबाट ६ लाख १४ हजार र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार २१७ कूल संक्रमित संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !