काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएकाे छ । नेता खनालले बुधबार उपचारका लागि दिल्ली जानुअघि एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएकाे हाे ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट नेता खनालसँग संवाद गर्नुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गर्नुभयाे । त्यसक्रममा खनालले प्रधानमन्त्री ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएकाे खनालका निकट सहयोगी होम बुढाथोकीले जानकारी दिनुभयाे । नेता खनालले अध्यक्ष ओली पार्टीको प्रमुख ठाउँमा भएकाले मिलाउने भूमिका बढी हुने बताउनुभएकाे बुढाथोकीले जानकारि दिनुभयाे । ३१ जेठमा नर्भिक अस्पताल भर्ना हुनुभएका खनाललाई थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !