गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले असार ४ गते शुक्रवार विश्वासको मत लिने भएका छ्न ।मुख्यमन्त्रीमा  संविधानको धारा १६८(५) अनुसार जेष्ठ २९ गते  नियुक्त भएका थिए ।उक्त धारा अनुसार मुख्यमन्त्रीले १ महिना भित्र विश्वासको मत लिनु पर्ने नियम छ । सोही अनुसार उनले शुक्रबार विश्वासको मत लिन लागेका हुन ।

पोख्रेललाई मुख्यमन्त्रीमा नियुक्त गर्दा नेपाली काग्रेसको १५ संसद, माओवादी केन्द्रको ११ संसद, जसपाको २ सांसद, जनमोर्चाको २ संसद र स्वतन्त्र १ संसद गरि ३१ संसदको समर्थन रहेको थियो।

विश्वासको मत पछिमात्रै आर्थिक वर्ष २०७८/०७९ को बजेटमा छलफल गर्ने बताईएको छ । सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस !