चितवन । नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो ।
यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले अपरान्ह ४ बजेको समयमा नारायणीको सतह बढेर ८.०५ मिटर पुगेको छ ।
अहिले नारायणीको बहाब अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नारायणीले खतराको तह पार गरेसंगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।


विशेष गरी हिजोदेखि चितवन, नवलपरासी पूर्व, पाल्पा, छरछरेलगायत स्थानहरुमा निरन्तर भारी वर्षा भइरहेको जल तथा मौषम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।


नारायणी नदीमा आएको बाढीका कारण पश्चिम चितवनको भरतपुर २६ र २७ मा वर्षेनी पानी पस्ने गरेको छ । नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन चितवन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !