सल्यान । सल्यानमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दार्मा गाउँपालिका ४ रतिखोलाका ४० वर्षीया विरमान वि.क. को लतात मसानघाट खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खोला तर्ने क्रममा उनलाई बगाएको र उनको शव आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो । शव पोष्टर्माटमका लागि सल्यान अस्पताल ल्याइएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !