काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ९ हजार ४३८ जनाको आरटी–पीसीआर गर्दा २,०४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी आज २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख १० हजार ५२१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ जना पुगेको छ । यो कुल संक्रमितको ८७.८ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६५ हजार ८०४ जना आइसोलेसन र ५३१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस !