काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि कोरोना संक्रमण हुँदा पूर्वप्रधानमन्त्री खनालको सोही अस्पतालमा उपचार गरिएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहनुन भएको थियो । उहाँलाई पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !