काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १ हजार ६सय ९४ जनाकाे पीसीआर परीक्षण गर्दा र ७ सय १३ जनाकाे एन्टिजेन परीक्षण गर्दा २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । त्यस्तै, काेराेना संक्रमणका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय  १२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस अवधिमा थप ३ हजार  ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !