चितवन । जिल्ला प्रशासन कार्यलय चितवनले आम नागरिकलाई प्राकृतिक बिपत्तिबाट जोगिन र सचेत रहन आग्रह गरेको छ ।

आज जिल्ला प्रशासन कार्यलयले सुचना जारी गर्दै मनसुन सुरु हुन लागेको र नदि तथा खोला नालाको वाहव बढ्न सक्ने, बाढी, पहिरो, डुवान हुन सक्ने भएकाले उच्च जोखिममा रहेका बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै बाढी आएको बेला नदि नालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्नु हुन समेत जारी सूचनामा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !