काठमाडाैँ । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले २८ करोड ८ लाखको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ ।हअ

नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु¥याएको योगदानको सराहना गर्नुभयो ।

भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसिआर परिक्षण किट लगायतका स्वास्थ्य सामाग्री जेष्ठ २७ गते काठमाडौं ल्याइएको थियो । गत साल यता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारी विरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ । यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । यो सहयोगले संकटको समयमा दुई देशका सेनाबीच रही आएको सहकार्यलाई प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया दिनुहोस !