
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाएनन् ।
आज गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले आफुलाई विश्वासको मत दिन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको थियो । प्रदेश सभा ६० सदस्यीय थियो । आज कुल उपस्थित ५८, १ तटस्थ बसे र १ जना उपस्थित भएन्न।