काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमै महाधिवेशन हुने बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन–‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु–२०७८ साल भदौ महिनामा पार्टीमहाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु ।’

सभापति देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको पनि उल्लेख गरेका छन् । उनले महाधिवेशन पार्टीको जीवन्तताको लागि महायज्ञ भएको पनि बताएका छन् ।

हेरौं विज्ञप्तीसहितः

 

प्रतिक्रिया दिनुहोस !