काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर र ४ हजार ५ सय  ६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३ सय ४४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय  ६४ एक सय जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ५ हजार ७ सय ६८ जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख ४ हजार ५३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ जना रहेको छ ।

२४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !