काठमाडाैँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो । रिट माथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस !