काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहनुभएको छ ।

रिट निवेदक पक्षका वकिलहरुले श्रेष्ठ र केसीलाई यो इजलासमा राख्न नमिल्ने माग गरेपछि प्रधानन्यायाधीशले उहाँहरुलाई इजलासमा नराखेर खड्का र खतिवडालाई समावेश गरेर दोस्रो पटक इजलास गठन गर्नुभएको हो ।

खड्का र खतिवडाले श्रेष्ठ र केसी बसेको इजलासमा आफूहरु नबस्ने भन्दै राय पेशका न्यायाधिशलाई पनि इजलासमा राख्न उपयुक्त नहुनेभन्दै सरकारी पक्षका वकिलहरुले इजलास पुनर्गठनको माग गर्नुभएको थियो ।

इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैहुनुहुन्छ ।

उहाँहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिनुहुनेछ । जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उहाँहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको तर्क छ ।

जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाड्ने घोषणा गर्नुभएको थियो । अरुबस्दा स्वार्थ बाझिने भन्दै इजलास छोडेका न्यायधीस बसे झन् स्वार्थ बाझिने स्पष्ट हुने वकिलहरुको तर्क छ ।

प्रधानन्यायाधीश जबराले गठन गरेको इजलासमा रहेका न्यायाधीशबारे विवाद भएसँगै अहिलेसम्म विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेकोे छैन ।

प्रतिक्रिया दिनुहोस !