पुजा ढकाल, चितवन । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण जिल्लामा निषेधाज्ञा लागुभएपछि खान नपाएका मानिसहरुलाई हाम्रो दृष्टि राम्रो दृष्टिद्वारा खाद्यान्न सहयोग गरेका छन् ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सुरु भएको  अभियानमा संस्थाले पहिलो चरणमा भरतपुरका वडा नं ६, १४, १५ र १६, दोस्रो चरणमा देवघाट,ठिमुरा,रामनगर, तेस्रो चरणमा माडिको वडा नं ५ र ६, चौथो चरणमा भरतपुर वडा नं ९, पाचौं चरणमा कालिका नगरपालिकाको वडा ३, ५, ६, ७ र छैटौं चरणमा पनि कालिका नगरपालिकाको वडा नं १ आवश्यक सामाग्री वितरण गर्दै आएको संस्थाका अध्यक्ष अरुण पौडेलले बताए ।

जेठ १४ गते देखि सुरु भएको सो अभियानबाट हालसम्म ३ सय भन्दा बढी अति बिपन्न परिवारले सहयोग पाएका छन् । वि.स २०७४ सालबाट संचालनमा आएको यस संस्थाले बिपन्न परिवारलाई दाल, चामल, तेल, नुन, सोयाबिन र हात धुने साबुन वितरण गर्दै आएको अध्यक्ष  पौडेलले बताए ।

विभिन्न सहयोगी दाता र हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाबाटको मुख्य सहयोगमा सुरुभएको सो अभियानमा अब रत्ननगर नगरपालिकाको ६, १४, इच्छाकामना गाउँपालिकाको १, २ र ७ रहेका छन् । त्यसतै कालिका नगरपालिकाको ३ र ७ वडामा राहतका दिन बाँकी रहेका बिपन्न  घर धुरीलाई राहत पुर्याउने र निषेधाज्ञा जारी रहेसम्म अभियान पुनः संचालन गर्ने  जानकारी पौडेलले  दिए ।

त्यस्तै कोरोनाको समयमा देशभर भएको रक्त अभावलाई मध्य नजर गर्दै आज बिहान ७ बजे नेपाल रेडक्रस सोसाईटी र हाम्रो दृष्टि राम्रो दृष्टिले कालिका नगरपालिका-७ जुटपानी तल्लो बजारमा खुल्ल रक्तदान कार्यक्रमको आयोजना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !