शिशिर सिंखडा, चितवन ।  सामाजिक अभियान्ता रेखा तामाङ लोप्चनद्वारा फेसबुक अभियान संकलित रकम  मार्फत बिपन्न  चेपाङ गाउँमा खाद्यान्न सहयोग गरिएको छ ।
गोरखाकि सामाजिक अभियान्ता लोप्चनले चितवनको  बिकट गाउँमा बसोबास गर्ने बिपन्न चेपाङ परिवारहरुमा कोरोना महामारीले अनिकाल भएको थाहा पाई फेसबुक अभियान मार्फत संकलित रकमबाट ६० बिपन्न चेपाङ परिवारलाई मङलबार चामल, नुन, तेल, दाल लगायतका सामाग्री सहयोग गरेकी हुन ।
उनले आफ्नो फेसबुक वालमा लेखेकी छन –
 “पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १०, लोतन्ती गाउँका अतिरिक्त टुडीखेल गाउँ, छ्यासिलिङ गाउँ, क्यान्सिराङ गाउँमा ६० घर चेपाङ बस्तीमा खाद्यान्न रु . १,२७०७८/-(एक लाख सताइस हजार अठतर रुपैया) बराबरको बितरण गरियो । मेरो स्वास्थमा आइपरेको समस्याको कारण भौतिक रुपमा आज उपस्थिति हुन सकिन । विशेष धन्यवाद कमरेड अल्पभाषी शिव ज्यु राहत बितरण कार्यक्रममा  मेरो अनुपस्थितमा पनि मेरो कमि हुन दिनु भएन।  यस सहयोगि मनकारी मनहरुलाइ मुरि मुरि धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।  यस अभियानमा जोडिनु भएका चितवनका युवा नेता श्री Rimal Ishor, Farindra Shrestha, Sudarshan Upreti  ज्युहरु प्रती आभारी छु । साथै यस अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्णमा आभार प्रकट गर्दछु ।”

सो बिपन्न गाउँमा “लकडाउनमा चेपाङको पीडा: अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल” समाचार प्रकाशित भएको थियो ।

लकडाउनमा चेपाङको पीडा: अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल
लकडाउनमा चेपाङको पीडाः अपाङ्ग बुबासहित २२ जनाको परिवार
 शिर्षकको समाचार ३ दिन अगाडी कालिका दैनिक अनलाइन र रेडियो नेपाल सहित विभिन्न संचार माध्यममा प्रकाशित, प्रसारित भएको थियो । समाचार आए पश्चात सो गाउँमा सहयोग गर्ने सहयोगी दाताहरूले चासो देखाउदै आएका छन । सो गाउँका अतिरिक्त कालिकाकै १० र ११ नम्बर वडाका विभिन्न गाउँमा अहिले पनि भोकमरी कायमै छ । 

प्रतिक्रिया दिनुहोस !