चितवन ।  मितेरी फाउन्डेसन नेपाल को आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा आज राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बान्द्राङ, सागम , बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो।

प्रति घर ३० के. जि चामल ,२ के.जि दाल, ३के.जि नुन १ लिटर तेल आधा किलो मस्यौरा बितरण गरिएको छ। मितेरी फाउन्डेसन नेपालका सल्लाहकार राजेश्वर खनालले जेष्ठ नागरिक केशर सिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको हो।सस्थाका सदस्य बालकृष्ण थपलियाले बिकट पहाडी भेगमा खाद्यान्न अभाबको जानकारी पाएपछि राहत कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।   

परोपकार मुलक काम गर्ने उदेश्यले स्थापना गरिएको यस सस्थाले आफ्नो उदेश्य अनुसार अहिलेको असहज परिस्थितिमा सहयोग गर्न पाउँदा खुशी लागेको उपाध्यक्ष अनिता खनालको भनाइ थियो। फाउन्डेसनका अध्यक्ष रबिन्द्र सिंह बानियाँको पहल मा सो कार्यक्रम सम्पन्न गरिएको हो।

प्रतिक्रिया दिनुहोस !