काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ एक सय जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ५ सय ७० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४ हजार ५३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ जना रहेको छ ।

२४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !