गोरखा । गोरखा घ्याल्चोकका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकका ५३ बर्षिय पुरुषको वीर अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको वडा अध्यक्ष राम प्रसाद रेग्मीले जानकारी दिए ।
गत जेष्ठ १२ गते ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि उपचार गर्न काठमाडौ वीर अस्पताल लगिएको थियो । उनको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !