शिशिर सिंखडा, चितवन ।  कालिका नगरपालिका- १०, लोतन्ती-टुडिखेल-छ्यासिलिन-क्याङ्सिराङ गाउँका ६० चेपाङ घर परिवारलाई  जेन्टल हर्ट फाउन्डेसन, काठमाडौंद्वारा खाद्यान्न सहयोग गरिएको छ । हिजो बिहान  कालिका दैनिक अनलाइनमा “लकडाउनमा चेपाङको पीडा: अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल” समाचार प्रकाशित भएको थियो ।
लकडाउनमा चेपाङको पीडा: अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल
सो समाचार पढेपछि  जेन्टल हर्ट फाउन्डेसन काठमाडौंका अध्यक्ष अर्जुन ढकालले सो बिपन्न बस्तीका चेपाङ परिवारलाई अनिकाल टार्न खाद्यान्न सहयोग गर्ने इच्छा व्यक्त गर्नु भएको थियो । सो गाउँमा ६० बिपन्न परिवार बस्दै आएका छन । ३ महिना भन्दा बढी समयलाई खाद्यान्न नपुग्ने सो बिपन्न बस्तीका चेपाङ परिवार ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए । कोरोना महामारी पछि उनीहरु काममा जान नपाई घरमै बस्न बाध्य छन ।
जेन्टल हर्ट फाउन्डेसन काठमाडौंले  प्रत्येक चेपाङ परिवारलाई  १ बोरा चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल उपलब्ध गराएको थियो । जेन्टल हर्ट फाउन्डेसनका चितवन कोअर्डिनेटर ईश्वरकुमार श्रेष्ठ, लायन्स क्लब अफ चितवन कालिकाका पुर्व अध्यक्ष शुदर्शन अधिकारी, चेपाङ अभियन्ता तथा पत्रकार केपी किरण शर्मा, राष्ट्रिय आधारभुत बिधालय लोतन्तीका प्राचार्य भिमबहादुर तामाङ, स्थानिय युवा समाजसेवी कृष्ण तामाङको सो अबसरमा उपस्थिति रहेको थियो ।
अन्न नहुँदा गिठ्ठा भ्याकुर खान बाध्य भएकोमा चामल पाउँदा सार्है खुशी लागेको लोतन्ती गाउँकि रामकुमारी चेपाङले बताईन । अब यो १ बोरा अन्नले केहि दिनत ढुक्कसँग बच्चाबच्चीलाई खुवाउन र परिवार पाल्न पाईने भयो उनले खुशी हुँदै भनिन ।
सो जेन्टल हर्ट फाउन्डेसन सस्थाले चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको विभिन्न बिपन्न बस्तीमा यस अगाडी पनि खाद्यान्न, जाडोका कपडा, झुल, बिधालयमा विद्यार्थीहरुका लागि स्टेशनरी, झोला, कपडा, जुत्ता सहयोग गर्दै आएको छ भने सोहि बस्तीमा निशुल्क सिलाई कटाई तालिम समेत दिदै आएको छ ।
लकडाउनमा चेपाङको पीडा: अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल
https://www.facebook.com/100008888208417/videos/2615746385398276/

प्रतिक्रिया दिनुहोस !