काठमाडौँ ।  अन्तर्राष्ट्रिय नेपाली समाज ९इन्स०अन्तर्गत भाषा तथा साहित्य समितिका अध्यक्षमा डा जानुका नेपाल चयन हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्ससचिव डा तुलसीप्रसाद भट्टराईका प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले डा नेपालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति घोषणा गरेको हो ।

समितिका वरिष्ठ उपाध्यक्षमा रोमकान्त सापकोटा, महासचिवमा डा चैतन्य अधिकारी र कोषाध्यक्षमा रविना महर्जन रहनुभएको छ । सो अवसरमा साहित्यकार डा भट्टराईले जहाँ भए रहे पनि आफ्नो पहिचान र स्रष्टाले सिर्जना प्रेम छाड्न नहुने बताउनुभयो । समितिका अध्यक्ष डा नेपालले नेपाली भाषा साहित्यका विकासमा काम गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा साहित्य समितिका उपाध्यक्ष शर्मिला पौडेललगायतले नेपाली भाषा साहित्यका विविध आयामका बारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !