काठमाडौं । जनरल मेडिसिन तथा औषध विज्ञ विष्णु न्यौपानेले मानव आश्रम बालाजुमा आश्रति १ सय ५० जनालाई नि:शुल्क खाना खुवाएका थिए ।

 

राजनीति र समाजसेवामा सक्रिय न्यौपानेले आफु वैवाहिक वन्धन्मा बाँधिएको उपलक्ष्य पारेर काठमाडौं बालाजुमा रहेको मानव आश्रमका १ सय ५० जना मानिसहरुलाई नि: शुल्क खाना खुवाएका हुन। त्यस्तै न्यौपाने भन्छन् आगामी दिनमा पनि यस्तो अभियान चलाउदै प्रत्येक महिना आश्रममा नि: शुल्क स्वास्थ परीक्षणको व्यवस्था मिलाउने र बर्षिक साढे चार लाख बराबरको औषधि आश्रमलाइ उपलब्ध गराउने बताएका छन् ।

त्यसतै सरकारी विध्यालयको शिक्षालाई गुणस्तर बनाउनु पर्छ भन्दै रसुवाको नौकुण्ड गाउँपालिकाका सबै सरकारी विध्यालयमा अध्यनरत २ हजार भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था समेत उनले मिलाएका छन् ।

समाजसेवामा सक्रिय न्यौपानेले  अन्य समयमा पनि जिल्लाका विभिन्न  बिधालयमा नि: शुल्क स्वास्थ शिविरको संचालन गर्दै  स्वास्थ परिक्षाण व्यवस्थाको मिलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !