काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ४७१ पीसीआर र ३ हजार २६२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४७९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ६३६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको छ ।

२४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ६३० सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !